इन्टेरियर डिजाइन अध्ययन गर्नेले बेरोजगार बस्नुपर्दैन: आइडिया नेपाल

Aug 25, 2019 06:31 PM Merolagani



इन्टेरियर डिजाइन रोजगारीको नयाँ क्षेत्रको रुपमा विस्तार हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै यसलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले आवाज उठाउन थालेका छन्।

यस बिषयमा अध्ययन गर्नेले बेरोजगार बस्नु नपर्ने अवस्था रहेको भन्दै उनीहरुले सरकारले यस क्षेत्रलाई व्यवस्थापन सहित प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् ।

इन्टेरियर डिजाइनर एशोसिएसन अफ नेपाल (आइडिया नेपाल) को ललितपुरस्थित पुल्चोकमा कार्यालय उद्घाटनका सहभागीहरुले घर तथा अपार्टमेण्ट निमार्णको चरणबाटै इन्टेरियर डिजाइनलाई पनि सँगै लग्नुपर्नेमा जोड दिएका हुन् ।

आइडिया नेपालको कार्यालय उद्घाटन गर्दै ललितपुर महानगरपालिका मेयर चिरबाबु महर्जनले इन्टेरियर डिजाइन क्षेत्रको विकासका लागि ललितपुर महानगरपालिकाले आवश्यक सहयोग र पहल कदमी लिने प्रतिवद्धता व्यक्त गरे। पछिल्लो समय इन्टेरियर डिजाइनमा बढ्दै गएको आकर्षणले यसको व्यवस्थापन जरुरी भएको उनको भनाई थिया ।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष विन्द्राकक्षपति प्रधानले इन्टेरियर डिजाइनरहरुको हकहित तथा प्रतिष्ठा र सचेतना बढाउन संस्था कटिबद्ध रहेको धारणा राखेकी थिइन् । साथै उनले यस क्षेत्रमा ज्ञान भएकाहरु कोहि पनि बेरोजगार बस्नु नपर्ने उल्लेख गर्दै रोजगार तथा स्वोरोजगार क्षेत्रको रुपमा इन्टेरियर डिजाइन लाई विकास गर्नुपर्नेमा जोड दिईन। यसका लागि राज्यस्तरबाट पहल कदमीका लागि एशोसिएसनले काम गर्ने उनको भनाई थियो ।

विशेषतः घर, अपार्टमेन्ट, होटेल, हस्पिटल र रेस्टुरेन्टमा इन्टेरियर डिजाइनको माग बढ्दै गएको छ। अन्य पेसाजस्तै इन्टेरियर डिजाइनबाट पनि राम्रो कमाइगर्न सकिने र समयअनुसार डिजाइनर ‘अपग्रेड’ हनुपर्ने उनको भनाई छ। अहिले घर बनाई सके पछि डेकोरेटरका रुपमामात्र इन्टेरियरको कामहुने गरेको भन्दै उनले घर निर्माणको योजना बनाउदा देखि नै इन्टेरियर डिजाइनलाई पनि सँगै अघि बढाउँदा खर्च कमहुनुका साथै राम्रो डिजाइन बन्ने उनको दाबी थियो ।

संस्थाकी उपाध्यक्ष उषा रायमाझीले इन्टेरियर डिजाइनिङ गर्ने मात्र नभई यसमा फर्निसिङ गर्नेदेखि लिएर कलरिङ लाइटिङ लगायत विभिन्न किसिमका सामान प्रयोग गर्ने अनि पेन्टिङ, प्रिन्टिङ समेत हुने हुँदा घर भवन निमार्णको चरणसँगै इन्टेरियर डिजाइनलाई पनि सगसँगै लगेमा उत्कृष्ट हुने बताईन्।

इन्टेरियर डिजाइनरहरूले मासिक रूपमा काम गरेपनि औसत ५० हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । कन्सलटेन्टहरूले भने कामको अवस्था अनुसार आफ्नो पारिश्रमिक लिने गरेका छन् । हाल नेपालमा यो बिषय अध्ययन गरेका ३ हजार बढी इन्टेरियर डिजाइनर छन् भने १५ हजार बढी यस क्षेत्रमा संलग्न रहेको एशोसिएसनको भनाई छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।