के.सि.एल. अस्ट्युट क्यापिटललाई निक्षेप सदस्यता अनुमति

Aug 25, 2019 06:31 PM Merolagani



के.सि.एल. अस्ट्युट क्यापिटल लिमिटेडले केन्द्रीय निक्षेप प्रणाली (सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड) बाट निक्षेप सदस्यता अनुमति पाएको छ। कम्पनीले सिडिएससीबाट भदौ ३ गतेदेखि लागू हुनेगरी निक्षेप सदस्य परिचयपत्र नं १३०१७६०० सहित निक्षेप सदस्य (डिपी) को लागि अनुमतिपत्र प्राप्त गरेको हो।

यस अघि नै यस संस्थाले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकर अन्तर्गतको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) सेवा प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त गरिसकेको छ ।

यस संस्थाले नेपालको पूँजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पूँजी बजारबारे जानकारी नभएका साथै नेपालको पूँजी बजारबाट हुने फाइदाबारे जानकारी भएका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन सेवा दिँदै आइरहेको छ ।

अब यस संस्थाले आफ्ना ग्राहकहरुलाई एकै ठाऊँबाट लगानी व्यवस्थापन सेवा र हितग्राही खाता (डिम्याट एकाउण्ट) को सेवा प्रदान गर्नेछ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।