आईपीओभन्दा सस्तो मूल्यमा छानीछानी किन्नुहोस् १७ कम्पनीको शेयर

Aug 25, 2019 07:42 PM Merolagani

- दीप थापा।
शेयर बजार परिसूचक निरन्तर घटेर तल्लो बिन्दुमा झर्दा १७ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेर आईपीओभन्दा सस्तो मूल्यमा झरेको छ। शेयरमूल्य घटेर आईपीओ भन्दा तल झर्दा लगानीकर्तालाई दोस्रो बजारबाट छानीछानी शेयर खरीद गर्ने अवसर प्राप्त भएको छ।

भदौ ८ गते आइतबार कारोबार भएको शेयरमूल्यका आधारमा १४ जलविद्युत र ३ फाइनान्स कम्पनीको शेयरमूल्य आईपीओ मूल्यभन्दा सस्तो मूल्यमा पुगेको छ। कुनै कम्पनीको शेयरमूल्य त झण्डै आधा मूल्यमा समेत झरेको छ। त्यस्ता कम्पनीको आईपीओ शेयरमा लगानी गर्ने लगानीकर्ताको आधा लगानी डुबेको छ।

अर्कोतर्फ कतिपय लाभांश वितरण गरिरहेका कम्पनीहरुको शेयरमूल्य समेत एक सय रुपैयाँ तल झरेकोले लगानीकर्तालाई प्रथामिक निष्काशनभन्दा सस्तो मूल्यमा शेयर किन्ने अवसर पनि प्राप्त भएको देखिन्छ।

 

 

यसरी आईपीओ भन्दा कम्पनीको शेयरमूल्य घट्ने कारणहरुमा कम्पनीको सञ्चित घाटा बढी हुनु, कम्पनी निरन्तर घाटामा रहनु, कमजोर संस्थागत सुशासन, उच्च हकप्रद निष्काशन, शेयरधनीहरुले लामो समयसम्म कम्पनीबाट लाभांश पाउने आशा गर्ने अवस्था नरहनु लगायतका कारणहरु देखिन्छन्।

शेयरमूल्य घटेका कम्पनीको शेयरमा लगानी गर्दा लगानीकर्ता आफैँले कम्पनीको व्यवस्थापन, गत आर्थिक वर्षको वित्तीय विवरण, भविष्यमा कमाउनसक्ने मुनाफा र प्रगतिलाई विश्लेषण गरेर मात्र शेयर खरिद आवश्यक देखिन्छ। यसो नगरेमा आफ्नो लगानी यस्ता कम्पनीहरुको आईपीओ लगानी गर्ने लगानीकर्ताकै हालतमा एकातिर पुग्नपनि सक्छ भने अर्कोतिर कम्पनीले भोलिका दिनमा प्रगति गर्दै जाँदा र नेप्सेमा सुधार आउँदा मुनाफा कमाउने अवसरको सम्भावना दुबै रहन्छ।

  • यी हुन् आईपीओभन्दा सस्तो शेयरमूल्य भएका कम्पनी:-

(माथिका समाचार विशुद्ध समाचारिय प्रयोजनका लागि लेखिएको हुनाले यस्ता कम्पनीहरुमा गरिएको लगानीबाट हुने जोखिम वा मुनाफाको भागिदार स्वयं लगानीकर्ता आफैँ हुनुपर्नेछ ।)

नेप्से सूचक घटेर शेयर बजारका लगानीकर्ताको आत्मबल कमजोर भएको अवस्थाले राम्रा कम्पनीहरुको शेयरमूल्य समेत अण्डरभ्यालु भैरहेको अवस्थामा विभिन्न पक्षमा कमजोर रहेका कम्पनीहरुको शेयरमूल्य अझ घट्ने गरेको छ। जसले आईपीओभन्दा सस्तो शेयर पाउने कम्पनीको संख्या बढेर १७ पुगेको हो। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।