गत वर्षको मुनाफाबाट लाभांश घोषणा गर्नेमा पहिलो बन्यो सिटिजन्स् बैंक

Aug 26, 2019 05:19 PM Tirtha Raj Poudyal

सिटिजन्स् बैंक (CZBIL) गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंक सञ्चालक समितिको भदौ ९ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस सहित कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिको ३०८ औं बैठकले बैंकको चुक्ता पूँजी ८ अर्ब ३७ करोड १० लाख ६४ हजार ७७३ रुपैयाँको प्रस्ताव गरेको एक अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ नगद र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

 

बैंक सञ्चालक समितिको ३०८ औं बैठकल प्रस्तावत गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

गत आवमा बैंकको शेयरधनीकोषमा (बाँड्न मिल्ने रकम) एक अर्ब २६ करोड ७८ लाख रहेकोमा गत आवको मुनाफाबाट बैंकले शेयरधनीलाई एक अर्ब २५ करोड ५६ लाख ५९ हजार ७१६ रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ३.६३ प्रतिशत बोनस शेयर र १.६४ प्रतिशत नगद गरि कूल ५.२७ प्रतिशत लाभांश वितरण गरेको थियो।

सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मामा एक अर्ब ११ करोड ९४ लाख ६६ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको थियो। यस्तै अघिल्लो वर्षको तुलनामा २०.६० प्रतिशतले खुद नाफा बढाएर १ अर्ब ४८ करोड ८४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।