युनाईटेड इन्स्योरेन्सका नव नियुक्त अध्यक्ष कार्कीले सम्हाले कार्यभार

Aug 29, 2019 10:24 AM Merolagani

युनाईटेड इन्स्योरेन्स (UIC) को नव नियुक्त अध्यक्ष भरत बहादुर  कार्कीले भदौ १० गते मंगलबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन्। 

इन्स्योरेन्स सञ्चालक समितिको भाद्र ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो। युनाईटेडको मुख्य लगानीकर्ता एनई ग्रुपको तर्फबाट यसअघि अध्यक्ष रहेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि कार्कीलाई सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गर्ने निर्णय गरेको थियो।

अर्थशास्त्र विषयको गोल्ड मेडलिष्ट कार्कीले नेपालको वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका छन् 

उनीसँग बैंकिङ, बीमा र परामर्श सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुुभव छ। उनले नेपाल बैंक र नेपाल इन्स्योरेन्समा अध्यक्ष तथा कृषि विकास बैंकमा सीईओ भएर कार्य गरिसकेका छन्। उनले विश्व बैंकका धेरै परियोजनामा कन्सल्टेन्टको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए।

कार्कीको कार्यकालमा युनाइटेड इन्स्योरेन्सले बीमाको पहुँच विस्तार र आम जनताको जीवनशैलीसँग बीमालाई जोडेर अगाडि बढ्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।