एनआईबिएल समृद्धि फण्डको लाभांश घोषणा, अघिल्लो आवको तुलनामा करिब आधा घट्यो

Aug 30, 2019 11:41 AM Merolagani



एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ (NIBSF1) ले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको भदौ १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले इकाईधनीलाई कर सहित ६.५० प्रतिशतका दरले प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको यस फण्डले गत आर्थिक वर्षमा शेयर बजारमा मन्दी छाएर सूचीकृत कम्पनीको शेयरमूल्य घट्दा फण्डले वितरण  आफ्ना इकाईधनीलाई वितरण गर्ने लाभांश करिब आधाले घटेको हो।

 

यसअघिका आर्थिक वर्षहरुमा कम्पनीले त्रमश: १८ र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।