एनआईबिएल समृद्धि फण्डको लाभांश घोषणा, अघिल्लो आवको तुलनामा करिब आधा घट्यो

Aug 30, 2019 11:41 AM Merolagani



एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ (NIBSF1) ले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ। 

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको भदौ १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले इकाईधनीलाई कर सहित ६.५० प्रतिशतका दरले प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको यस फण्डले गत आर्थिक वर्षमा शेयर बजारमा मन्दी छाएर सूचीकृत कम्पनीको शेयरमूल्य घट्दा फण्डले वितरण  आफ्ना इकाईधनीलाई वितरण गर्ने लाभांश करिब आधाले घटेको हो।

 

यसअघिका आर्थिक वर्षहरुमा कम्पनीले त्रमश: १८ र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।