वोमीले बोलायो विशेष साधारण सभा, नागरिक लघुवित्तसँगको शेयर स्वाप रेसियो पारित गर्दै

Aug 30, 2019 02:08 PM Merolagani



वोमी माइक्रोफाइनान्स वित्तीय संस्था (WOMI) ले नागरिक लघुवित्त वित्तीय संस्थासंगको मर्जर प्रकृयालाई अन्तिम रुप दिन असोज २ गते बिहीबार विशेष साधारणसभा आब्हान गरेको छ। धुनिवेशी नगरपालिका, खानिखोला धादिङ्गमा रहेको होटल हिल्समा बिहान साढे ११ बजे लघुवित्तले विशेष साधारण सभा बोलाएको हो।

विशेष साधारण सभामा लघुवित्तले नागरिक लघुवित्तसंग मर्जरमा जान मुल्यांकनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण भएको शेयर आदान प्रदान अनुपात (१००:७२) परित गर्ने तथा मर्जरको लागि स्वीकृति प्रदान गर्ने प्रस्ताव लैजाँदैछ।

यसैगरि वोमी र नागरिक लघुवित्त मर्जरपश्चात अन्य लघुवित्त तथा वित्तिय संस्थालाई गाभ्ने तथा मर्जरमा जानको लागि समेत सञ्चनलक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

यस्तै दुई संस्था एकीकृत भएपछि दुबै संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु मिलान, प्रमुख कार्यकारी र सञ्चालकको कार्यकाल सम्बन्धमा पनि छलफल गरि निर्णय गर्नेछ।

मर्जर पश्चात लघुवित्तको ठेगाना, अधिकृत तथा जारी पुँजी परिवर्तन हुने भएकाले सोहि अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव उपर पनि छलफल गरि पारित गर्ने एजेण्डा विशेष साधारण सभामा रहेको छ। 

साधारण सभा प्रयोजनको लागि लघुवित्तले भदौ २० गते बुकक्लोज गर्ने भएकाले भदौ १९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र लघुवित्तको विशेष साधारण सभामा भाग लिन पाउनेछन्।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत वोमी र सार्वजनिक निष्काशन नगरेको नागरिक लघुवित्तले गत फागुन २५ गते मर्जरमा जाने सम्झौता गरेका थिए। वोमीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार र नागरिक लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ।

वोमीकोे भदौ ११ गतेसम्म चुक्ता पूँजीको शतप्रतिशत (१० करोड १० लाख ८८ हजार) हकप्रद जारी गरेर चुक्ता पूँजी बढाएको छ। शतप्रतिशत हकप्रद र नागरिक लघुवित्तलाई ७२ को स्वाप रेसियोमा प्राप्ती पश्चात लघुवित्तको चुक्ता पूँजी  २५ करोड २५ लाख ७६ हजार रुपैयाँ पुग्नेछ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।