नेरुडे लघुवित्तले गर्यो बोनस र नगद मिलाएर लाभांश प्रस्ताव

Sep 01, 2019 11:42 AM merolagani

नेरुडे लघुवित्त (NLBBL) ले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

 लघुवित्तको भदौ १३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भइ आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन । 

गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण अनुसार हाल लघुवित्तको चुक्ता पूँजी ३९ करोड ७६ लाख रुपैयाँ छ । उसले चौथो त्रैमास सम्ममा १२ करोड ६८ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी वार्षिक ३१ रुपैयाँ ९० पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।