हालै समस्याग्रस्त मुक्त वल्र्ड मर्चेन्टको सीईओमा पुष्पप्रसाद श्रेष्ठ नियुक्त

Sep 01, 2019 04:22 PM merolagani

 नेपाल राष्ट्र बैंकबाट हालै समस्याग्रस्त मुक्त घोषण भएको वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्पप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले २०७३ साल माघ १२ गतेदेखि खाली रहेको प्रमुख कार्यकारी पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।सञ्चालक समितिले भदौ १० गते देखि नै लागु हुनेगरी श्रेष्ठलाई सो पदमा नियुक्त गरेको हो । 

वल्र्ड मचेन्ट बैंकिङ एण्ड फाइनान्स साउन १५ गतेदेखि समस्याग्रस्त अवस्थाबाट फुकुवा भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।