विज्ञ अर्थमन्त्रीको पालामा देश झन् बर्बाद, यस्तो देखियो आर्थिक सूचकमा खतिवडाको अनुहार

Sep 02, 2019 07:58 AM Merolagani



सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीले विज्ञ भन्दै उच्च महत्व दिएर अर्थमन्त्री बनाएको डा. युवराज खतिवडाको पालामा देश झन् बर्बादीतर्फ गएको आर्थिक सूचकहरुले देखाएका छन् ।

 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक बर्षको देशको आर्थिक अवस्थासम्बन्धी प्रतिबेदन हेर्दा देशका मूख्य आर्थिक सूचकहरु चरम निराशाजनक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक बर्षको देशको बित्तीय तथा मौद्रिक अबस्था सम्बन्धी प्रतिबेदनले मुख्य आर्थिक तथा बित्तीय सूचकहरु धेरै निराशाजनक देखाएको छ । यो सूचकले विज्ञ अर्थमन्त्री खतिवडाको अनुहार प्रदर्शन गर्दछ ।

 

शुरुमा अर्थमन्त्री खतिवडाका आर्थिक नीतिहरुको आलोचना हुँदा नयाँ दाँत आउँन लागेको बेलामा ज्वरो आए जस्तो मात्र भएको हो भन्दै अर्थतन्त्रका समस्याहरुलाई ढाकछोप गर्ने प्रयास गरेका खतिवडा उनको दुई बर्षे कार्यकाल पुरा हुनै लाग्दा झन् समस्याको जुगुल्टोमा जेलिएका छन् । उनको कार्यकाल आगामी चैत्रसम्म कायम हुने अबस्थामा उनले मागेको दुई बर्षको अवधिमा देश झन् रसातलतिर गएको प्रष्ट भएको छ ।

सकारात्मक देखिएका सूचकहरुमा पनि अन्तरविरोधहरु रहेका छन् । विदेशमा काम गर्न जाने नेपालीको संख्या ३२ प्रतिशतले घटे पनि विप्रेषण आप्रवाह कसरी बढ्यो भन्ने कुरा गर्दा डलरको भाउ बढ्दा र अमेरिका लगायतका देशबाट भित्रने पैसा केही बढोत्तरी हुँदा रकम पनि बढेको हुनसक्ने संभावना छ ।

करको दर तथा दायरा बढाएर कर आतंक सिर्जना गरिदा राजश्व बढे पनि त्यसले जनतामा नकारात्मक भाव पैदा गरेको देखिन्छ र जनता आक्रोशित भएका छन् । निर्यात केही बढ्नुलाई भने सकारात्मक नै मान्नुपर्छ तरर आयात बढेको तुलनामा त्यो केही हैन ।

विज्ञ अर्थमन्त्री भन्दै प्रधानमन्त्री केपी ओलीले काखी च्यापेका खतिवडाका गलत आर्थिक नीतिहरुका कारण नयाँ अर्थमन्त्री आएपनि देशलाई उद्धार गर्न मुस्किल पर्ने अबस्था उत्पन्न भएको छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।