ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सले सुरु गरे एकीकृत कारोबार

Sep 04, 2019 05:47 PM Merolagani



ग्लोबल आइएमई बैंक (GBIME) ले हाथवे फाइनान्सलाई प्राप्ती गरेर भदौ १८ गते बुधबार देखि एकीकृत कारोबार सुरु गरेको छ। 

ग्लोबल बैंकले एक सय बराबर ४२ कित्ता शेयर स्वाप रेसियोमा हाथवे फाइनान्सलाई प्राप्ती गरेको हो।

जस अनुसार फाइनान्सको एक सय कित्ता शेयर भएका शेयरधनीले बैंकको ४२ कित्ता शेयर प्राप्त गर्नेछन्।

दुवै कम्पनीको साउन १४ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए।

हाथवेलाई प्राप्ती गरे पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।मर्जर पछि ग्लोबल आईमई बैंकको शाखा संजाल १४५ पुगेको छ।

बैंक र फाइनान्सले एकीकृत कारोबार गर्नका लागि राष्ट्र बैंकबाट भदौ ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालबाट भदौ १५ गते अन्तिम स्वीकृति पाएका थिए।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।