नागरिक लगानी कोषको बोनस पश्चात शेयरमूल्य समायोजन

Sep 05, 2019 11:09 AM Merolagani



नागरिक लगानी कोष (CIT) को भदौ १८ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ।

कोषले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को कमाईबाट लाभांश वितरण गर्न बिहीबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको २२ प्रतिशत  बोनसलाई  समायोजन गरि प्रतिकित्ता शेयरमूल्य १८८२ रुपैयाँ ७९ पैसा कायम गरेको  । समायोजित मूल्यलाई आधार मानेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत  बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भदौ ३० गते साधारणसभा आब्हान गरेको छ ।

भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको बोनस शेयर प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्।

हाल एक अर्ब १० करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको बोनस वितरण पश्चात एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ।