नागरिक लगानी कोषको बोनस पश्चात शेयरमूल्य समायोजन

Sep 05, 2019 11:09 AM Merolagani



नागरिक लगानी कोष (CIT) को भदौ १८ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ।

कोषले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को कमाईबाट लाभांश वितरण गर्न बिहीबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको २२ प्रतिशत  बोनसलाई  समायोजन गरि प्रतिकित्ता शेयरमूल्य १८८२ रुपैयाँ ७९ पैसा कायम गरेको  । समायोजित मूल्यलाई आधार मानेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत  बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने भदौ ३० गते साधारणसभा आब्हान गरेको छ ।

भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको बोनस शेयर प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्।

हाल एक अर्ब १० करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको बोनस वितरण पश्चात एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।