सुनको मूल्य घट्ने क्रम जारी

Sep 08, 2019 12:27 PM Merolagani



मूल्य बढेर आकाश छुन लागेको सुनको मूल्य पछिल्लो केही दिनयता घट्न थालेको छ। भदौ २२ गते आइतबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ७१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

त्यसैगरी आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

सुन बिहीबार प्रतितोला १०० रुपैयाँ, शुक्रबार एक हजार ४०० रुपैयाँले घटेको थियो । पछिल्लो तीन दिनमा सुनको मूल्य दुई हजार रुपैयाँले घटेको हो। पछिल्लो सयम लगातार उच्च रुपमा वृद्धि भएको सुनको मूल्य बिहीबार देखि घट्न सुरु भएको थियो।