फेसबुकका ४२ करोड प्रयोगकर्ताहरुको फोन नम्बर लीक, अमेरिकीकाे सबैभन्दा धेरै

Sep 08, 2019 12:31 PM Agency

सोशल मिडिया फेसबुकसँग जोडिएका ४१ करोड ९० लाख भन्दा धेरै प्रयोगकर्ताहरुको फोन नम्बरको डेटा लीक भएको छ । 

लीक भएको नम्बरमा सबैभन्दा धेरै अमेरिकाको १३ करोड ३० लाख, भियतनामको ५ करोड र बेलायतको १ करोड ८० लाख प्रयोगकर्ताहरु रहेका छन् । उक्त लीकमा प्रयोगकर्ताको नाम, लिङ्ग र ठेगाना जस्ता अन्य कयौँ जानकारीहरु पनि  रहेका छन् । यस्तो  लीकबाट प्रयोगकर्ताहरुलाई फेक कल र सिम स्वेपिङ जस्ता घटनाहरुको सामना गर्नुपर्ने अवस्था हुनसक्ने बताइएको छ । लीक भएको नम्बरमा केही ठूला हस्तीहरुको नम्बर समेत रहेको बताइएको छ ।

एक रिपोर्टका अनुसार,नम्बर

लीकको मुख्य कारण सर्भरको पासवर्ड प्रोटेक्टेड नहुनु हो । जसका कारण यसलाई एक्सेस गर्न एकदमै सहज हुन्छ ।

यस बिषयमा फेसबुकका प्रवक्ताले भने, रिपोर्टको केही हिस्सा सही हो, तर उक्त डेटा एकदमै पुरानो रहेको छ । उनले भने, यसबाट डराउनपर्ने  जरुरी छैन, किनकि सन् २०१८ मा क्याम्ब्रिज एनालिटिक प्रकरण सामुन्ने आए पश्चात् फेसबुक मोबाइल नम्बरका माध्यमबाट कुनै फेसबुक प्रयोगकर्तालाई खोज्ने सुविधा बन्द भइसकेको छ ।

कम्पनीका अनुसार, उक्त डेटाका माध्यमबाट अकाउन्ट ह्याक भएको भन्ने एउटा पनि मामला हालसम्म सार्वजनिक भएको छैन । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।