व्यापार युद्धबाट अमेरिका र चीन दुबै देशलाई घाटा, आयात निर्यात दुबै घट्यो

Sep 09, 2019 03:16 PM Agency



विश्वका दुई ठूला अर्थव्यवस्था भएका चीन र अमेरिकाबीच जारी व्यापार युद्धका कारण दुबै देशले उच्च घाटा बेहोर्नु परिरहेको बताइएको छ। 

व्यापार युद्धका कारण अमेरिकासँग चीनको व्यापार १० प्रतिशतले घटिसकेको छ। दुई देश आपसी विवदाको समाधानका लागि वार्ताको तयारी गर्न लागेको भन्ने समाचारहरु बाहिरिए पनि एक अर्काको देशका सामानमा लगाइएको शुल्कलाई लिएर लगातार मतभेद गहिरिदै गइरहेको छ। जुन विश्व अर्थव्यवस्था सुधारका लागि समेत चुनौतीको विषय बनेको छ।

आइतबार जारी तथ्यांकका अनुसार, चीनमा अमेरिकी उत्पादनको आयात एक महिनाको अवधिमा नै २२.५ प्रतिशतले घटेको छ। चीनले आफ्नो शुल्कदरमा वृद्धि गर्नुका साथै अमेरिकी कम्पनीको अर्डर रद्द गर्नका लागि समेत भनेका कारण अमेरिकाबाट हुने आयात घटेको बताइएको छ।

अगष्ट महिनामा चीनको विश्व निर्यात ३ प्रतिशतले घटेको छ। जुलाईमा चीनको विश्व निर्यात १२.२ प्रतिशतले बढेको थियो।

अमेरिका र चीनका बीच यसै वर्षको अक्टोबर महिनामा वार्ताको तयारी भइरहेको छ। यो सँगै दुईका बीच जारी व्यापार युद्धको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

चीन र अमेरिका बीच चलिरहेको व्यापार युद्ध अमेरिकी नागरिकहरुका लागि भारी परिरहेको छ। करिब एक वर्षभन्दा लामो समयदेखि जारी व्यापार युद्धका कारण भइरहेको लगातार शुल्क बढोत्तरीले चीनभन्दा पनि अमेरिकी कम्पनी र उपभोक्ताहरुलाई नै बढी असर परिरहेको विश्लेषकहरुले बताएका छन्।

- एजेन्सी




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।