शेयर बजार सूचक नेप्से बढ्न नसक्दा कारोबार रकम खस्किँदै

Sep 10, 2019 04:00 PM Merolagani



शेयर बजार सूचक नेप्से लगातार ओरालो लाग्न थालेपछि शेयर कारोबारमा मन्दी छाउन थालेको छ।आइतबार र सोमबार दोहारो अंकले घटेको बजारमा तेस्रो कारोबार दिन मंगलबार पनि सुधारको संकेत नदेखिँदा लगानीकर्ताको आत्मबल कमजोर भई कारोबार २४ करोडभन्दा तल झरेको हो। 

आइतबार र सोमबार ३० करोड हाराहारीमा कारोबार भएको थियो। लगानीकर्ताले शेयरको मूल्य घटाएर बिक्री नगर्दा शेयर कारोबार रकममा घट्न थालेको छ। 

बिक्री गर्ने लगानीकर्ताले घाटा खाएर शेयर बिक्री गर्न नखोज्दा तथा घटाएर किन्ने खरिदकर्ता पनि माथिल्लो मूल्यमा शेयर खरीद नचाहँदा बजारमा कारोबार रकम घटेको हो। यसले अब बजार स्थिर बन्न खोजेकोतर्फ संकेत गर्दछ।

भदौ २४ गते मंगलबार नेप्से सूचक २.२४ अंकले घटेर ११६६.६७ बिन्दुमा झरेको छ । यो बिन्दु ५ महिना अघिको बिन्दु हो। यसदिन १७२ कम्पनीका ९ लाख ९२ हजार १२२ कित्ता शेयर २३ करोड ७९ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका ४६ कम्पनीको मात्र शेयरमूल्य मात्र सामान्य बढेको छ भने ८४ कम्पनीको घटेको छ । ३३ कम्पनीको स्थिर रह्यो।

 

कारोबारमा आएका होटल, निर्जीवन बीमा, म्युचुअल फण्ड र विकास बैंक उपसमूहको सूचकमा समान्य सुधार भएको छ भने बाँकी आठ उपसमूहका सूचक ऋणात्मक रहे।

मंगलबार कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ। बैंकको १ करोड २५ लाख रुपैयाँको बराबरको शेयर कारोबार भएको हो। त्यस्तै एनआईसी एशिया बैंकको १ करोड २३ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बाँकी कुनैपनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन।

 

 

यस दिन हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ६.७२ प्रतिशतले बढेको छ। त्यस्तै माउण्टेन हाइड्रो नेपालको ६.०२ प्रतिशत, नबिल इक्वीटी फण्डको इकाईमुल्य ५.९१, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशतले बढेको छ । युनाइटेड इन्स्योरेन्स, नेपाल एग्रो लघुवित्त, समिट लघुवित्तको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले सुधार भएको छ।

यता सेन्ट्रल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.४६ प्रतिशतले घटेको छ। त्यस्तै अरुण काबेली पावरको ४.१० प्रतिशतले घटेको छ। कञ्चन डेभलपमेन्ट बैंक, युनिभर्सल पावर, नाडेप लघुवित्त, दिब्यश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।