तीन दर्जन धेरै कम्पनीको लाभांश घोषणा हुँदा आधा लघुवित्त कम्पनी

Sep 11, 2019 08:55 AM Tirtha Raj Poudyal



नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुमध्ये भदौ २४ गते मंगलबारसम्म तीन दर्जन कम्पनीहरुले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । यसरी लाभांश घोषणा गर्ने कम्पनीहरुमध्ये आधा लघुवित्त कम्पनीहरु रहेका छन्।

गत आर्थिक वर्ष समाप्त भएको करिब दुई महिना अवधि समाप्त हुन लाग्दा कूल ३९ वटा कम्पनीले लाभांश घोषणा भएकोमा लघुवित्तका मात्रै १९ कम्पनी रहेका छन्। ७ वटा म्युचुअल फण्ड, ६ वाणिज्य बैंकले पनि गत आवको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन्।

यस्तै लाभांश घोषणा गर्ने अरु कम्पनीहरुमा दुई जीबन बीमा कम्पनी, एक निर्जीवन बीमा, एक विकास बैंक, एक फाइनान्स कम्पनी, एक अन्य र एक उत्पादन मूलक उपसमूहका कम्पनी रहेको छ।

धेरैले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् भने कतिपयकोे अघिल्लो आवको समेत रहेको छ।

  • वाणिज्य बैंक

हालसम्म ६ वाणिज्य बैंक गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्। लाभांश घोषणा गरेका ६ वाणिज्य बैंकमध्ये २ बैंकले सबैभन्दा धेरै २१.०५ लाभांश घोषणा गरेका छन् ।

सबैभन्दा कम लाभांश कुमारी बैंकको १०.०५३ प्रतिशत रहेको छ भने अन्य सबैले सोभन्दा धेरै घोषणा गरेका छन्। लाभांश घोषणा भएका बैंकहरुको औसत लाभांश १६.६९ प्रतिशत रहेको देखिन्छ।

  • लघुवित्त कम्पनी

उता लघुवित्त कम्पनीहरुमा मिर्मिरे माइक्रोफाइनान्सले सबैभन्दा धेरै कूल ४७.३७ प्रतिशत घोषणा गरेको छ । यस अवधिमा लाभांश घोषणा भएको कम्पनीमध्ये सबैभन्दा कम गणपति माइक्रोफाइनान्सको कूल ७.३६ प्रतिशत रहेको छ ।

लाभांश घोषणा भएका लघुवित्तहरुको औसत लाभांश २५.३३ प्रतिशत रहेको देखिन्छ।

 

  • म्युचुअल फण्डहरु

यस्तै गत आवको लाभांश घोषणा गर्ने म्युचुअल फण्डहरुको संख्या ७ रहेको छ। जसमध्ये लक्ष्मी भ्यालु फण्ड–१ र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले १५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्। एनआईबिएल समृद्धि फण्डको सबैभन्दा कम ६.५० प्रतिशत नगद लाभांश रहेको छ। लाभांश घोषणा भएका फण्डहरुको औसत लाभांश १०.६४ प्रतिशत रहेको देखिन्छ।

यसैगरि उत्पादनमूलक क्षेत्रको युनिलिभरले हरेक वर्ष सूचीकृत कम्पनीहरुमध्ये धेरै लाभांश वितरण गर्दै आइरहेको छ। गत आवको मुनाफाबाट पनि कम्पनीले ७७० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यस्तै जानकी फाइनान्सले गत आवको मुनाफाबाट २३.१६ प्रतिशत लाभांश वितरण गर्दैछ।

 

लाभांश घोषणा भएका कम्पनीमध्ये कतिपयले गत आर्थिक वर्ष २०७५/०७६ को नभई अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को लाभांश समेत रहेको छ।

अघिल्लो आवको ढिलो गरि लाभांश घोषणा गरेका कम्पनीहरुमा नागरिक लगानी कोष, लुम्बिनी विकास बैंक, नेको इन्स्योरेन्स, नेशनल लाईफ, प्राइम लाईफ रहेको छ। यी कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका हुन्। गत आर्थिक वर्षको २०७५/०७६ को लाभांश भने पछि घोषणा गर्नेछन्।

लुम्बिनी विकास बैंकले साउन २८ गते उक्त लाभांश पारित गरिसकेको छ। नागरिक लगानी कोषले भदौ ३० गते साधारण सभा बोलाइसकेको छ। यस्तै एनआईसी एशिया बैंकले असोज १० गते शुक्रबार तथा  सिटिजन्स बैंकले असोज ११ गते शनिबार प्रस्तावित लाभांश पारित गराउन साधारण सभा आह्वान गरिसकेका छन्। अन्य कम्पनीहरुको लाभांश अनुमोदनका लागि साधारण सभा बोलाउन बाँकी रहेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।