एनसीसी बैंकको बोनस पारित भएसँगै पुग्यो राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी

Sep 11, 2019 02:58 PM Merolagani



नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले अघिल्लो आर्थिक आर्थिक वर्ष २०७४/०७५ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको १५.८९ प्रतिशत बोनस शेयर पारित भएसँगै बैंकले नियामक निकाय राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको छ। 

बैंकको  भदौ २३ गते सोमबार सम्पन्न आर्थिक बर्ष २०७३/०७४ र २०७४/०७५ को बीसौं र एक्काइसौं वार्षिक साधारण सभाले प्रस्तावित बोनस अनुमोदन गरेको हो। लाभांश पारित भएसँगै एनसीसी बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको ८ अर्ब भन्दा धरै आर्थात ८ अर्ब १३ करोड ३८ लाख ४० हजार ८२२ रुपैयाँ रुपैयाँ पुगेको छ ।

बैंकको केन्द्रीय कार्यालय सिद्धार्थनगरबाट काठमाण्डौंमा स्थानान्तरण गरे पश्चात पहिलो पटक वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको हो। यसअघि बैंकले भैरहवामा नै आफ्नो साधारणसभा गर्दै आएको थियो। 

दुई वर्षपछि आब्हान गरिएको उक्त साधारण सभाले प्रस्तावित १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत पारित गरेको हो। 

यस्तै साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जान, सम्पति तथा दायित्व मुल्यांकनको लागि मुल्यांकनकर्ता नियुक्त गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

त्यसैगरी बैंकको प्रबन्धपत्रको दफा ४ मा रहेको बैंकको उदेश्य प्राप्त गर्न धितोपत्र निक्षेप सम्बन्धि कार्य गर्ने र सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसायीको कार्य र थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने व्यवस्था थप गरेको छ। 

साधारण सभामा सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव राखिए पनि  निर्वाचन भने भएन। सभामा महिला सञ्चालक निर्वाचनमा विवाद देखिएपछि सञ्चालकको निर्वाचन हुन नसकेको बैंकले जनाएको छ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ गते बुकक्लोज गरेकाले साउन २३ गते बिहीबारसम्म कायम रहेका शेयरधनीहरुले मात्र लाभांश पाउनेछन्।

हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।