काठमाण्डौंको भृकृटीमण्डमा सुरु भयो पाँचदिने साजसज्जा प्रदर्शनी

Sep 11, 2019 02:20 PM Merolagani



आधुनिक जीवनशैली अनुसार आफ्नो जीबनशैलीलाई परिवर्तन गरउन चाहनेहरुका लागि भदौ २५ गते बुधबारदेखि लागि काठमाण्डौंको भृकुटीमण्डपमा पाँचदिने फर्निचर तथा फर्निसिङ्ग एक्स्पो (फर्नेक्स २०१९) सुरु भएको छ।

बुधबार उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गर्नुभएको हो। 

मेलामा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाई छ। यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्नेछ ।

एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले एक्स्पोमा १२० भन्दा बढी प्रदर्शकको सहभागिता रहेको जानकारी दिए।

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन्।

 

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्न्सििङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ।

फर्निसिङ्ग व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङ्गका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ।

सातौं संस्करणको फर्नेक्स २०१९ बुधबारदेखि सुरु भएर २९ गतेसम्म संचालन हुनेछ ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।