शेयर बजारमा निरन्तर गिरावट, चार दिनमा २८ अंकले घट्यो नेप्से

Sep 11, 2019 04:33 PM Merolagani



शेयर बजारमा निरन्तर गिरावट आएर यस साताको चारै कारोबार दिन सूचक घट्दा नेप्से झण्डै २८ अंकले ओरालो लागेको छ। साताको पहिलो दिन आइतबार देखि नै ओरालो लाग्न थालेको नेप्से सूचक चार दिनमा २७.८५ अंकले तल झरेको हो।

आइतबार दोहोरो अंकले घटेको शेयर बजारमा लगातार चारै दिन गिरावट देखिएको हो। आइतबार १२.६१ अंकले घटेको नैप्से सूचक सोमबार ९.५४ अंक, मंगलबार २.२४ अंक र बुधबार ३.४६ अंकले घटेर ११६३.२१ बिन्दुमा झरेको छ । 

शेयर बजारमा मापक नेप्से सूचक घटेपनि बुधबार कारोबार रकम भने अघिल्लो दिन मंगलबारको तुलनामा ११ करोड रुपैयाँले बढेको छ ।

यस दिन १७१ कम्पनीका १५ लाख ३ हजार ९२८ कित्ता शेयर ३४ करोड १९ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका ४० कम्पनीको मात्र शेयरमूल्य मात्र सामान्य बढेको छ भने ८९ कम्पनीको घटेको छ । ३६ कम्पनीको स्थिर रह्यो।

कारोबारमा आएका १२ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको सूचक सकारात्मक देखिएको छ भने अन्य ११ वटा उपसमूहको सूचक नकारात्मक बनेका छन्।

बुधबार सोल्टी होटलको सबैभन्दा धेरै कारोबार भएको छ। होटलको ४ करोड ५५ लाख रुपैयाँको बराबरको शेयर कारोबार भएको हो। त्यस्तै लक्ष्मी बैंकको संस्थापक शेयरको १ करोड ९० लाख कित्ता शेयर कारोबार भयो भने अन्य ५ कम्पनीको पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

यस दिन घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशतले बढेको छ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ४.०४ प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ३.३८ प्रतिशत, र नयाँ नेपाल लघुवित्तको ३.३६ प्रतिशतले बढेको छ ।

यता नबिल इक्वीटी फण्डको इकाईमूल्य सबैभन्दा धेरै ६.६९ प्रतिशतले घटेको छ भने बुधबार नै लाभांश घोषण गरेको लक्ष्मी लघुवित्तको शेयरमूल्य पनि ५.६९ प्रतिशतले घटेको छ।

त्यस्तै दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य ५.१७ प्रतिशतले घेको छ भने रिडी हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयरमूल्य ४ प्रतिशतले घटेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।