सरकारले एलपी ग्यासमा सहुलियत दिने, निम्न आय भएकोलाई राहत पुग्ने

Sep 11, 2019 05:55 PM Merolagani



सरकारले एलपी ग्यास छिट्टै सहुलियत दरमा उपलब्ध गराउने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघको २४ औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरूलाई सहुलियतमा ग्यास उपलब्ध गराउने बताएका हुन् ।

मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने विषयमा छलफल भएको बताएका हुन् ।  

छलफललाई निकर्षमा पुर्याएर निम्न आय भएका उपभोक्ताहरुलाई छिटै सहुलियतमा ग्यास उपलब्ध गराउने जानकारी दिएका हुन्। मन्त्री यादवले ग्याँस व्यवसायीहरुसँगको सहकार्यमा ग्याँसको आपूर्ति व्यवस्थालाई सहज बनाईरहेको दाबी गरे।

यस्तै संघको बुधबार सम्पन्न साधारण सभाले अध्यक्षमा पुनः गोकुल भण्डारी निर्विरोध निर्वाचित गरेका छन्। संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन् ।

यसैगरी महासचिवमा दिवान चन्द, कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा धर्मराज बर्तौला चयन भएका छन्। संघको सदस्यहरुमा सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, आशिष अग्रवाल जाजोदिया, बाबुराम पोखरेल,योगेश घिमिरे र सुदिप घिमिरे चयन भएका छन्।संघले योगेश पौडेल र अमित अग्रवाललाई मनोनित सदस्यका रुपमा चयन गरेको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।