एनआईसी एशियाकोे सल्लेरी, दोधारा चाँदनी र दिक्तेलमा नयाँ शाखा

Sep 16, 2019 03:36 PM Merolagani

एनआईसी एशिया बैंक (NICA) ले सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्गको दिक्तेलमा नयाँ शाखाहरु सञ्चालनमा आएको छ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै सो स्थानमा शाखा विस्ता गरिएको बैंकले जनाएको छ ।

बैंकको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार तथा खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको उद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरेका थिए।

 

बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । करिब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ।

वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।