कृषि कर्जा प्रवर्द्धन गर्न सानिमा बैंक र युकेएडबीच सहकार्य

Sep 16, 2019 05:59 PM Merolagani



सानिमा बैंक (SANIMA) र यु.के.एड सक्षमबीच कृषि कर्जा प्रवर्द्धन गर्नको लागि भदौ ३० गते सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र त्यससंग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्नेछ । बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षम संगको सहकार्यमा परिचालन हुनेछ ।
परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो । जुन नेपाल सरकार र युके सरकारको सम्झौता अनुरुप युकेएडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो ।
सानिमा बैंककाे सातवटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।