मर्जर पछि तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर सूचीकृत

Sep 16, 2019 06:41 PM Merolagani



तिनाउ र मिसन डेभलपमेन्ट बैंकबीचको मर्जर भएपछि तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर भदौ ३० गते सोमबार नेप्सेमा सूचीकृत भएको छ। बैंकको एक करोड १४ लाख ४१ हजार ६८१.२५ साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

तिनाउ मिसन डेभलपमेन्ट बैंकले असार ३१ गतेदेखि एकीकृत संस्थाको रुपमा चुक्ता पूँजी १ अर्ब १४ करोड रुपैयाँ कायम गरि एकीकृत करोबार सुरु गरेका थिए। 

तिनाउ मिसन डेभलपमेन्ट बैंकले कम्युनिटी डेभलपमेन्ट बैंकसँग समेत मर्जर सम्बन्धि सम्झौता गरीसकेको छ । बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक मिसिएर राष्ट्रिय स्तरको विकास बैंक बनेको हो।

  • एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर पनि सूचीकृत 

एभरेष्ट इन्स्योरेन्सको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर पनि नेप्सेमा सूचीकृत भएको भएको छ । इन्स्योरेन्सकाे शेयर भदाै २९ गते नेप्सेका सूचीकृत भएकाे हाे ।

इन्स्याेरेन्सले जेठ १४ गते देखि चुक्ता पूँजीको तीन सय प्रतिशत अर्थात एक बराबर तीन अनुपातमा हकप्रद शेयर बिक्रीमा ल्याएको थियो।