सिद्धार्थ बैंकको लाभांश प्रस्ताव, शेयरधनीहरूलाई करिब सवा दुई अर्ब वितरण गर्दै

Sep 17, 2019 11:12 AM Merolagani

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्षको मुनाफा तथा संचित रकमबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको भदौ ३० गते बसेको संचालक समितिको ३२३ औं बैठकले २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७५/७६ मुनाफाबाट १० प्रतिशत अर्थात ८८ करोड ५७ लाख रुपैयाँ बाेनस र करसहित १५.२६ प्रतिशत नगद अर्थात एक अर्ब ३५ करोड ६५ लाख रुपैयाँ गरी कूल २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले नगद र बोनस गरी २ अर्ब २४ करोड ५२ लाख रुपैयाँको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ कायम छ। बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ पुग्नेछ । 

अघिल्लो वर्ष बैंकले ८.१६ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।