एनएमबि र ओम डेभलपमेन्ट बैंकले दशैंअघि नै एकीकृत करोबार थाल्ने

Sep 17, 2019 02:45 PM Merolagani



नेपाल राष्ट्र बैंकले एनएमबि (NMB) र ओम डेभलपमेन्ट बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकबाट मर्जरककोअन्तिम स्वीकृति पाएसंगै दुवै बैंकले दशैंअघि नै एकीकृत कारोबार थाल्ने भएका छन्।

एनएमबि बैंक स्रोतका अनुसार दुबै बैंकले मर्जरको लागि सम्पुर्ण तयारी सकिएको छ। आईटी इन्टीग्रेशनका केहि कामहरु बाँकी रहेकाले असोज ११ गतेभित्र एकीकृत कारोबार सुरु गर्ने तयारी छ ।

एनएमबि बैंकको गत साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो। दुई बैंकबीच गत जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

एनएमबि र ओम (ODBL) १००ः७६ अनुपात स्वाप रेशियोमा मर्जरमा जान लागेका हुन्। मर्जरका लागि राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो।

एनएमबि बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड रुपैयाँ छ।एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड नाघ्नेछ।

  • कर्मचारी समायोजनमा असन्तुष्टी कायम

राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति पाएसक्दा पनि दुई बैंकबीच अझै कर्मचारी समायोजनको मुद्धा भने सल्टिन सकेको छैन। दुबै बैंकको एकीकृत कारोबार थाल्न कर्मचारी समायोजनको कुरा मिलाउन आवश्यक छ ।

ओमका कर्मचारीलाई घटुवा गरी एनएमबिमा समायोजन गरिएपछि कर्मचारीहरुमा असन्तुष्टी कायम नै रहेको ओम बैंक स्रोत बताउँछ।  मर्जर भनिएपनि एनएमबिमा ओमका उच्च पदस्थ कर्मचारीलाई लिइएको छैन भने तलला तहका कर्मचारीलाई एक तह घटुवा गरि समायोजन गरिएको छ ।

स्रोतका अनुसार ओम बैंकका ११९ जना कर्मचारीले स्वेच्छिक अवकाश लिएका छन्। बैंकमा ४२० जना कर्मचारी कार्यरत थिए।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।