कर्मचारी सञ्चय कोषमा एक वर्षमा साढे तीन खर्ब रुपैयाँ संकलन, यस्ताे छ काेषकाे लगानी

Sep 17, 2019 05:01 PM merolagani



कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा कुल वित्तीय स्रोत ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा याे रकम ११ प्रतिशत बढी भएको कोषले बताएको छ ।

कुल स्रोत मध्ये ३ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ अर्थात ९८ प्रतिशत विभिन्न क्षेत्रमा लगानी गरेको बताएको छ । जसमध्ये सञ्चयकर्ता सापटीमा ५३ प्रतिशत, बैंकहरुकाे मुद्धती निक्षेपमा २३ प्रतिशत, विभिन्न परियोजनाहरुमा १६ प्रतिशत र अन्य क्षेत्रमा ८ प्रतिशत लगानी गरेको कोषले जानकारी गराएको छ ।

साथै कोषले गत वर्ष ऋण तथा लगानीबाट कूल २९ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ । यसबाट कोषको सञ्चालन खर्च कटाउँदा तीन अर्ब ७५ करोड खुद नाफा भएकाे कोषका सञ्चालक तथा प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए । उक्त नाफा वापतको रकम सञ्चयकर्ताको सामाजिक सुरक्षा तथा मुनाफा वितरणमा उपयोग गर्ने गौतमले बताए ।

त्यसैगरी कोषले करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको सरकारी ऋणपत्रहरुलाई दोस्रो बजार मार्फत बिक्री गरेको र सो वापत कोषले वार्षिक ७५ करोड रुपैयाँसम्म आम्दानी गरेकाे  छ ।

हालसम्म कोषले पूँजी बजारका २० वटा कम्पनीमा लगानी गरेको छ । गतवर्ष  ४ वटा कम्पनीमा लगानी थप गरेको कोषले जनाएको छ । साथै चालु आर्थिक वर्षमा ठूला दुई  परियोजनाहरुमा लगानी गर्ने योजना रहेको कोषको भनाई छ ।

प्रतिफल, सुरक्षा र नगद प्रवाह सुनिश्चित भएका पूर्वाधार विकासका आयोजनाहरुकाे लगानीकालागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, बैंक तथा वित्तीय संस्था र अन्य संस्थागत लगानीकर्ताहरु काेषसंग छलफलको क्रममा रहेको कोषले जानकारी गराएको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।