निर्जीवन बीमा कम्पनीहरुको आचार संहिता तयार, बीमित र सर्भेयरलाई कस्दै

Sep 18, 2019 07:12 PM Merolagani



बीमा समितिको निर्देशन अनुसार नेपाल बीमक संघले निर्जीवन बीमकहरुको आचार संहिता, २०७६ तयार गरेको छ। खराब प्रवृत्तिका बीमित र सर्भेयरलाई नियन्त्रणमा ल्याउने लगायतका विषयहरू समेट्दै संघले आचारसंहिता तयार गरेको हो।

  कुनै पनि बीमितले बीमकसंग बदनियतपूर्ण तरिकाले दाबी गर्ने, दाबी भुक्तानी लिने, झुटो विवरण पेश गरी बीमा गर्ने वा दाबी भुक्तानी लिने र एउटै घटनामा पटक-पटक दाबी भुक्तानी माग गर्नेलाई आवश्यक कारवाही तथा भविश्यमा कुनैपनि बीमकमा बीमा गर्न नपाउने व्यवस्था उक्त आचार संहितामा उल्लेख छ ।

यस्तै बीमितसंग मिलेर झुटो विवरणको आधारमा सर्भे प्रतिवेदन तयार गर्ने, बीमितलाई अनावश्यक हैरानी दिने, आर्थिक वा अन्य जिन्सी लाभ लिई वास्तविकता लुकाई प्रतिवेदन तयार गर्ने, पर्याप्त आधार र कारण बिना समयमै प्रदिवेदन पेश नगर्ने सर्भेयरलाई पनि भविष्यमा कुनै पनि बीमा कम्पनीमा सर्भेयरको काम गर्न नपाउने व्यवस्था गर्ने उल्लेख छ।

आचारसंहितामा बीमक संघका सदस्यहरुले एक-अर्का प्रति सम्मानजनक व्यवहार गर्ने, लान्छना नलगाउने, रिसराग द्धेष नराख्ने, कर्मचारीप्रति सौहार्दपुर्ण व्यवहार गर्ने, शिष्टतापूर्वक बोल्ने लगायतको अनुशासनका नियम लागु गुर्नपर्ने व्यवस्था  छ।

बीमा कम्पनीले कर्मचारी नियुक्त गर्दा पुरानो कम्पनीबाट राजीनामा स्वीकृत भएको हुनुपर्ने र अधिकृत स्तर वा त्यस भन्दा माथिल्लो तहको कर्मचारी नियुक्त गर्नुपर्दा पहिले कार्यरत कम्पनीबाट राजिनामा लिएको अनिवार्य एक महिना पुरा हुनुपर्ने व्यवस्था आचारसंहितामा छ।

यस्तै कुनै पनि संघ संस्थाहरुले बीमाको लागि आह्वान गरेको शिल्ड टेण्डरमा बीमकले उल्लेख गरेको बीमा शुल्क दर कुनै पनि तरिकले घटबढ नगरी आबेदन दिन सकिने छैन ।

आचारसंहितामा कुनै पनि बीमा कम्पनीमा कुनै सर्भेयरले रिपोर्ट नदिने, क्षति मूल्यांकनमा अनियमितता गरेको भनी प्रमाण सहित उजुरी दिन सकिने व्यवस्था  छ। त्यसको आधारमा बीमा संघले आवश्यक जाँचबुझ गरी त्यस्ता सर्भेयरलाई आवश्यक कारबाहीका लागि पत्राचार गर्न सकिने व्यवस्था रहेको छ ।

निर्जीवन बीमकहरुको आचार संहिता, २०७६ असोज ३ गते देखि लागू हुनेछ ।





६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।