सार्वजनिक निजी साझेदारीमा वायुसेवा निगमलाई सञ्चालन गर्न सुझाव (पूर्ण प्रतिवेदन सहित)

Sep 18, 2019 06:44 PM Merolagani

नेपाल वायुसेवा निगमलाई सार्वजनिक निजी साझेदारीको अवधारणमा सञ्चालन गर्ने सुझाव दिइएको छ। वायुसेवा निगम सुधारको लागि गठन भएको कार्यदलले बुधबार पर्यटनमन्त्री योगेश भट्टराई समक्ष पेश गरेको ५४ पृष्ठ लामो सुझाव प्रतिवेदनमा सो उल्लेख गरिएको हो।

पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठीत कार्यदलले निगमलाई व्यवसायिक रुपमा सञ्चालनका लागि रणनीतिक साझेदार भित्र्याउन र सर्वसाधारणमा सार्वजनिक शेयर निष्काशन गर्न सुझाव दिइएको छ। 

वायुसेवा निगमलाई दीर्घकालिन रुपमा सञ्चालन गर्न निगमको चुक्ता पूँजी एक खर्ब रुपैयाँ कायम गरि त्यसको ५ प्रतिशत सेयर सर्वसाधारणलाई र ३५ प्रतिशत शेयर रणनीतिक साझेदारलाई बिक्री गर्न सुझाव दिइएको हो। यस्तै बढी चाप हुने अन्तर्राष्ट्रिय क्षेत्रमा विमान उडानको क्षेत्र बढाउँदै सो बाहेक सहायक कम्पनीबाट अन्य काम गरेर आय बढाउन पनि कार्यदलले सुझाव दिएको छ।

 

पर्यटन मन्त्री योगेश भट्टराईले कार्यदलको सुझाव बुझ्दै समितिले दिएको सुझावलाई आवश्यक परामर्श तथा अध्ययनपछि कार्यतालिका बनाएर कार्यान्वयनमा लगिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारले निगम माथिको दायित्व बढाएर व्यवस्थापन, कानुनी, आन्तरिक सुधारमा जोड दिने उनले बताए। सरकारको एकल निर्णयले मात्रै सुधारको काम सम्भव नहुने भन्दै उनले सरकारको बहुमत शेयर राखेर विदेशी रणनीतिक साझेदार भित्र्याउन सर्वसाधारणबाट पनि सुझाव मागिने उल्लेख गरे।

नेपाल सरकारको साउन २२ गते सम्पन्न मन्त्रिस्तरीय बैठकले निर्णयबाट नेपाल वायुसेवा निगमको सुधारका लागि पूर्व पर्यटन सचिव, सुशिल घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल गठन गरिएको थियो।

घिमिरेको संयोजकत्वमा रहेको कार्यदलमा सदस्यहरु लेखा विज्ञ सुवोध कुमार कर्ण, व्यवस्थापन विज्ञ डिम प्रसाद पौडेल , क्याप्टेन सुधीर सम्शेर राई, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव, बुद्धिसागर लामिछानेलाई सदस्य सचिवको जिम्वेवारी दिइएको थियो।

कार्यदलले निगमको विभिन्न पक्षहरुको वर्तमान अवस्था, समस्याहरु र सुधारका उपाय समेत पहिचान गरी एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन कार्ययोजना समेत पेश गर्ने कार्यदेश दिईएको थियो।

पर्यटन मन्त्रीको पद सम्माल्दा नै वायुपेवा निगमलाई एक नम्बरको वायुसेवा कम्पनी बनाउने प्रतिवद्धता व्यक्त गरेका भट्टराईले निगमको आन्तरिक उडानका लागि सबै जहाज पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय उडानको गन्तव्य विस्तार गर्दै निकट भविष्यमै चीन, दक्षिण कोरिया लगायत गन्तव्यमा सेवा सञ्चालन गरिने तयारी छ।


comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।