लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई बोनसको कर तिर्न आग्रह

Sep 19, 2019 02:34 PM Merolagani



लुम्बिनी विकास बैंक (LBBL) ले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १७.०७ प्रतिशत बोनसको कर तिर्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले सो आग्रह गरेको हो।

बैंकको गत साउन २८ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले उक्त बोनस पारित गरेको थियोे । 

बैंकले सभा प्रयोजनका लागि साउन २२ गतेदेखि साउन २८ गतेसम्म बुक क्लोज गरेको थियो। यसअनुसार साउन २१ गतेसम्मका कायम शेयरधनीले पाउने बोनसमा कर लाग्ने हुँदा कर बापतको रकम बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको शेयर रजिष्ट्रार भिबोर क्यापिटलको खाता नम्बर ०३१००१२०००४१०२००००१४ मा जम्मा गर्न भनिएको छ ।

बोनस वापत लाग्ने करको विवरण शेयर रजिष्ट्रार भिबोर क्यापिटलको वेवसाइट तथा बैंकको शाखाहरुबाट प्राप्त गर्नसक्ने जनाइएको छ ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।