लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई बोनसको कर तिर्न आग्रह

Sep 19, 2019 02:34 PM Merolagani



लुम्बिनी विकास बैंक (LBBL) ले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १७.०७ प्रतिशत बोनसको कर तिर्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले सो आग्रह गरेको हो।

बैंकको गत साउन २८ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले उक्त बोनस पारित गरेको थियोे । 

बैंकले सभा प्रयोजनका लागि साउन २२ गतेदेखि साउन २८ गतेसम्म बुक क्लोज गरेको थियो। यसअनुसार साउन २१ गतेसम्मका कायम शेयरधनीले पाउने बोनसमा कर लाग्ने हुँदा कर बापतको रकम बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको शेयर रजिष्ट्रार भिबोर क्यापिटलको खाता नम्बर ०३१००१२०००४१०२००००१४ मा जम्मा गर्न भनिएको छ ।

बोनस वापत लाग्ने करको विवरण शेयर रजिष्ट्रार भिबोर क्यापिटलको वेवसाइट तथा बैंकको शाखाहरुबाट प्राप्त गर्नसक्ने जनाइएको छ ।




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।