रिलायन्स फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Sep 19, 2019 06:02 PM merolagani

रिलायन्स फाइनान्सकोे बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । फाइनान्सको गत जेठ २७ गते सम्पन्न साधारण सभाबाट पारित भएको ८ लाख ९१ हजार ८७४ कित्ता बोनस शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो । 

फाइनान्सले आर्थिक वर्ष २०७३/०७४ को संचित मुनाफाबाट कुल चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।  त्यस्तै फाइनान्सले २०७४/७५ को मुनाफाबाट २.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बोनस वितरणपछि फाइनान्सको चुक्ता पुँजी ८३ करोड २२ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।