सिटिसी मलमा दशैं मोबाइल मेला, स्कूटर उपहारदेखि बाली ट्रिपसम्म

Sep 19, 2019 06:56 PM Merolagani

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ। मलको भुई तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित असोज ५ गते शनिबारदेखि मोबाइल मेला सुरु हुने भएको हो।

मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरीद गर्नेहरु मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ। त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप वितरण गरिने जनाइएको छ ।

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैयाँदेखि २ लाख १५ हजार रुपैयाँसम्मका मोबाइल फोनहरु उपलब्ध छन् ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन वितरण गरिनेछ। मेलामा मोबाइल खरीद गर्दा मोबाइलको निशुल्क बीमा हुनेछ भने निशुल्क सिनेमा टिकट पनि उपलब्ध गराइनेछ। त्यसैगरी गल्फमा तोकिएको स्कोर गरी खरीद गरेको मोडलको अर्को एउटा मोबाइल निशुल्क पाउन सकिन्छ। मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १७ गतेसम्म लागू हुने बताइएको छ ।

उल्लेखित अफरहरु सिटिसी मोबाइल हब सुन्धाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्यूरोडमा रहेको सिटिभि मोबाइलमा लागू हुनेछन् ।

मोबाइलको नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबमा चल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिनेछ । अफर भित्र पनि अफर अन्तर्गत छुटका साथै अहिले लैजानुहोस् पछि तिर्नुहोस् भन्ने नाराका साथ शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरीदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए।

मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य बन्नेछ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।