मल्टीपर्पस फाइनान्सले नेप्सेको स्पष्टिकरणपछि तोक्यो बुकक्लोज र साधारण सभाको नयाँ मिति

Sep 20, 2019 11:46 AM Merolagani



मल्टीपर्पस फाईनान्सले असोज ४ गते हुने भनिएको २० औं र २१ औं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । नेपाल स्टक एक्सचेञ्जले फाइनान्सको धितोपत्र सूचीकरण स्थगन गर्दै कम्पनीलाई ३ दिने स्पष्टिकरण सोधेपछि सभा हुने समय तालिका पछाडि धकेलिएको हो ।

परिवर्तन भएको समय अनुसार फाइनान्सको वार्षिक साधारण सभा असोज १७ गते बुधबार दिउसो १ः३० वजे संस्थाको केन्द्रीय कार्यालय राजविराजमा हुने छ । उक्त साधारण सभा प्रयोजनका लागि फाइनन्सले असोज १० गते शेयर दाखिला खारिज (बुकक्लोज) गर्ने भएको छ ।

फाइनान्सले सभामा गाभ्ने गाभिनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको खोजी वा त्यससँग सम्बन्धित सम्पूर्ण आवश्यक काम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि प्रस्तुत गर्दै छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।