मर्जर सम्झौतामा रहेको कालिका लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी १९ रुपैयाँ

Sep 20, 2019 01:01 PM Merolagani

जनसेवी लघुवित्तसँग मर्जर सम्झौतामा रहेको कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २०.१६ प्रतिशतले घटेको छ।

अघिल्लो आवमा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा २ करोड ७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।

चुक्ता पूँजी १० करोड ८० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ७७ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा लघुवित्तले ७२ करोड ६६ लाख निक्षेप संकलन र एक अर्ब २ करोड ७५ लाख सापटीबाट एक अर्ब ८१ करोड ३५ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

चौथो त्रैमाससम्म लघुवित्तले १३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आवको तुलनामा ४३.८० प्रतिशतले धेरै हो। अघिल्लो आवमा लघुवित्तले ९ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

२०७६ असार मसान्तसम्ममा लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.६० प्रतिशत छ। प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात ३६.३१ छ । 

कालिका लघुवित्तले जनसेवी लघुवित्तसँग गत जेठ ५ गते एक आपसमा गाभ्ने गाभिने सम्झौता गरिसकेको छ। जसका कारण लघुवित्तको शेयर कारोबार हाल रोक्का रहेको छ । दुई लघुवित्तले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै एकीकृत कारोबार थाल्नेछन्।

उता जनसेवी लघुवित्तले गत बैशाख २७ देखि ३१ गतेसम्म आईपीओ जारी गरेर जेठ ६ गते बाँडफाँड गरेपनि मर्जरका सम्झौताका कारण कालिका लघुवित्तका नाममा सूचीकरण गरि कारोबार खुल्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।