सुनको मूल्य बढ्यो, तोलामा कति?

Sep 20, 2019 12:58 PM merolagani

सुनको मूल्य असोज ३ गते शुक्रबार बढेको छ । अघिल्लो दिन ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनको मुल्य शुक्रबार तोलामा ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तोजावी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

अघिल्लो दिन बिहिबार तोलामा ६०० रुपैयाँले घटेर ७० हजार ७०० रुपैयाँमा झरेको सुनको मूल्य शुक्रबार फेरि बढेको हो । गत साउन सुरुवातदेखि नै लगातार बढेर ७३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो समय भने केहि घट्न थालेको थियो ।

भदौ १८ गते हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको सूनको मूल्य त्यस यता २ हजार ५०० रुपैयाँले घटिसकेको छ ।

सुनको मूल्य घटेपनि कारोबार भने धेरै नबढेको सुन व्यवसायीहरु बताउछन्। सुनको मूल्य उच्चरूपले बढ्दा सुन कारोबार ठप्प जस्तै भएको थियो ।

शुक्रबार चाँदीको भाउमा पनि बृद्धि भएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।