साना जलविद्युत् विकास अभियन्ता दाहाल रहेनन्

Sep 20, 2019 02:19 PM Merolagani



पूर्व सांसद हरि वैरागी दाहालको ६२ वर्षको उमेरमा आज निधन भएको छ। नेपालमा साना जलविद्युत् विकास अभियन्ताकाे रूपमा दाहालकाे नाम अग्रस्थानमा रहेकाे छ।  

वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा सङ्खुवासभा निर्वाचन क्षेत्र नं २ बाट तत्कालीन एमालेका सांसद निर्वाचित रहेका दाहाल  साना जलविद्युत् विकास कार्यक्रममा पूर्णरूपमा सहभागी थिए । 

सङ्खुवासभाकाे पिलुवा खोला तल्लो पिलुवाखोला १ मेगावाट लगायत माया खोला १५ मेगावाट, सिस्नेरी, रैराङ, बानेश्वर हाईड्रो लगायत दर्जनौ आयोजना निर्माणमा दाहालको प्रत्यक्ष सहभागिता थियो।

नेपालकाे जलबिद्युत क्षेत्रमा नीतिगत व्यवस्था शुरू गर्न दहालकाे ठूलाे याेगदान छ । स्पष्टबक्ता दाहाल सर्व साधारणलाइ जलविद्युत क्षेत्रमा लाग्न प्रोत्साहन दिन्थे । उनले पिलुवा जलविद्युतबाट आएकाे नाफाले सरकारी क्याम्पस चलाउन सहयाेग गरेका  थिए।

 

 




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।