कर्पाेरेट ट्याक्समा छुट दिने निर्णयसँगै भारतीय शेयर बजारमा उछाल, सेन्सेक्समा १९०० भन्दा धेरैकाे बढोत्तरी

Sep 20, 2019 02:24 PM Merolagani



भारतीय अर्थमन्त्री निर्मला सीतारमणले घरेलु कम्पनीमा लाग्ने कर्पाेरेट ट्याक्समा छुट दिने घोषणा गरेसँगै भारतीय शेयर बजारमा उछाल देखिएको छ ।

अर्थमन्त्री सीतारमणले देशको आर्थिक वृद्धि बढाउनका लागि गरेको उक्त महत्वपूर्ण घोषणासँगै भारतीय शेयर बजारमा उछाल देखिएको हो ।

कारोबारका क्रममा करिब २ बजेतिर भारतीय शेयर बजार सूचक सेन्सेक्स १९५१ अंकको बढोत्तरीका साथ ३८०४५.१६ को बिन्दुमा पुगेको छ । उता निफ्टी ५५० भन्दा धेरै अंकको बढोत्तरीका साथ ११२७२.८० बिन्दु छोएको छ ।

सेन्सेक्समा सूचीकृत सबै कम्पनीको र निफ्टीमा सूचीकृत ४९ कम्पनीको शेयरमा उच्च बढोत्तरी देखिएको भाररतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय शेयर बजारमा यो ४ महिना अर्थात् २० मे पछिको तीव्र वृद्धि देखिएको हो । १९ मेमा लोकसभा चुनावको नतिजा सार्वजनिक भएसँगै शेयर बजारले उच्च बिन्दु पार गरेको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।