जुम्लामा साना जलविद्युतको बत्ती परीक्षण कार्य शुरु

Sep 22, 2019 09:17 AM RSS



भारतीय राजदूतावासको सहयोगमा निर्माण भइरहेको साना जलविद्युतको मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ। बत्ती जडानसँगै परीक्षणको रूपमा विद्युत् समेत बालिएको छ।

जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्तीको विकल्प रहेको साना जलविद्युत उपभोक्ता समितिको बत्तीको मेशिन समयमा बन्न नसकेपछि लामो समय अँध्यारो भएको र डेढ महीना भन्दा बढी डिजेलबाट कामचलाउ गरिएको थियो ।

निर्माणकार्यको जिम्मा लिएका निर्माण व्यवसायी भारतका पुष्करलाल दुवै र कम्पनीका कर्मचारी मेशिन बनाएर जडानका लागि अहिले खटिरहेका छन् । विद्युतको एक मेशिनबाट भने परीक्षणको रुपमा विद्युत् बालिएको छ । सो मेशिन बनेमा दुई÷तीन दिनमै २२० केभी क्षमतामा विद्युत् उत्पादन हुने उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले जानकारी दिए।

प्राविधिकका अनुसार अब मेशिन दुई÷तीन दिनमा पूर्णरुपमा बन्ने र जुम्ला उज्यालो हुने आशा गरिएको निर्माणकार्यको जिम्मा लिएको पुष्करलाल दुवैले बताए। मेशिन जडानको ठेक्का लिएको निर्माण कम्पनीले गत असार मसान्तसम्म सम्झौताअनुसार मेशिन जडान गर्न नसकेका कारण जुम्लावासी अँध्यारो मै बस्न बाध्य थिए ।

जिल्ला नै अन्धकार भएपछि सङ्घीय सांसद गजेन्द्रबहादुर महतको पहलमा जिल्लास्थित जनप्रतिनिधि र राजनीतिक दल स्थानीय प्रशासनसहितको सर्वपक्षीय बैठकले सांसद विकास कोषको रकममा डिजेलप्लान्ट खरीद गरेर वैकल्पिक उज्यालोको व्यवस्था गरेको थियो । मेशिन अहिले बनेर जुम्ला पुगेपछि भने डिजेल प्लान्ट रोकिएको छ ।
जम्मा तीन करोड आठ लाखको लागतमा नयाँ मेशिन जडान निर्माणकार्य भइरहेको बताइएको छ। कर्णालीकै पहिलो नगरपालिका चन्दननाथ तथा साविकको कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा विगत नौ महीनादेखि मेशिन जडानका कारण जुम्ला अन्धकारमा छ।

जुम्लामा बिजुली बाल्नका लागि नेपाल विद्युत् प्राधिकरणलेसमेत डिजेल मेशिन पठाएर केही दिन कामचलाउ भएको छ । इञ्जिनीयर सन्तोष चौधरीले भदौ २८ गतेबाट हालसम्म साना जलविद्युत्को साझेदारीमा एक हजार १०० लिटर डिजेल खर्च गरी विद्युत् बालिएको बताए। आफूहरु जुम्लाको बत्ती बिषयमा एक महिनादेखि खटिरहेको चौधरीले बताए ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।