उनीहरूमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान भइरहेको बताइएको छ। व्यूरोका प्रवक्ता बेलप्रसाद पाण्डेका अनुसार ऋण प्रवाहमा संलग्न बिचौलिया र भ्यालुएटर भने फरार छन्।
झापाको बिरिग खोला बगरको जग्गालाई धितोमानी ऋण प्रवाह गरेको र अन्य जग्गाहरूको हकमा पनि ऋण प्रवाह गर्दा कम मूल्याङ्कन गरेको भेटिएपछि ऋणी, बैंकका सीईओ, कर्मचारी र भ्यालुएटरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न शुरू गरिएको पाण्डेले बताए। पूर्व सिईओसँगै बैंकको वहालवाला तीनजना कर्मचारी पनि पक्राउ परेका छन्।
श्रेष्ठको बिगतको छवि अत्यन्त सकारात्मक भन्दै बैंक अफ काठमाण्डूका वर्तमान सिइओ सोहनदेव पन्त सहितको टोलीले श्रेष्ठलाई नियन्त्रणमा नलिई अनुसन्धान गर्न आग्रह गरेका थिए। तर, प्रहरीले हिरासत मै राखेर अनुसन्धानको प्रकृया अगाडि बढाएको छ।