ग्लोबल आइएमईको डेबिट/क्रेडिट कार्डबाट पुनःजुनसुकै पिओएस मेशिनमा चल्ने

Sep 22, 2019 12:46 PM Merolagani

ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ ।

यससँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल मेशिनहरुबाट कारोबार गर्न सक्ने भएका छन्।

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ ।

बैंक यसबाट सम्पूर्ण ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको छ ।

बैंकका १४८ वटाएटीएम र १२० प्वाइन्ट अफ सेल मेशिनहरु रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।