सहुलियत ऋण लिएर प्रहरी परिवारले सवारी साधनदेखि माइक्रो ओभन र ल्यापटपसम्म खरीद सक्नेछन् ।
प्रहरी कल्याणकारी कोष सन्चालक समितिले प्रहरी निरीक्षक भन्दामाथिका प्रहरी अधिकृतहरूलाई सवारी साधन खरीद गर्नसम्म र अधिकृत भन्दा तल्लोस्तरका कर्मचारीहरूको लागि मोटरसाईकल, स्कुटर, ल्यापटप, टिभी, वासिङ मेसिन, फ्रिज लगतयतका सामान किन्न सहुलियत ऋण दिइने निर्णय गरेको छ ।
प्रत्येक बस्तुको लागि ऋण रकमको सीमा तोकिएको छ। ऋणको लागि अधिकतम ६ प्रतिशत ब्याजदर तोकिएको छ ।