शिवश्री हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न अनुमति, ३३ करोडकाे बिक्रीमा आउने

Sep 24, 2019 05:41 PM Merolagani



शिवश्री हाइड्रोपावरले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

आयोजना प्रभावित स्थानीयमा बिक्री नभएको शेयर समेत थपगरी एक सय रुपैयाँ अंकित दरका ३३ लाख ५१ हजार १४० कित्ता प्राथामिक शेयर (आईपीओ) सर्वसाधारणमा बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्कासन गरेको थियो जसमा ३ लाख ३९ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी रहेको ११ लाख ३६ हजार कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा साढे ३३ करोड रुपैयाँ बराबरको शेयर बिक्री गर्न लागेको हो ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ छ । 

शिवश्री हाइड्रोपावरले जारी गर्न लागेको आइपीओमा क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभुत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।

 

साधारण शेयर बिक्रीबाट प्राप्त आम्दानी कम्पनीले सिन्धुपाल्चोकमा निमाणाधिन २२.२ मेगावाट क्षमताको चाकु खोला ए जलविद्युत आयोजनाको निमार्ण सम्पन्न हुन बाँकी संरचना निमार्ण र बैंकबाट लिइएको कर्जा भुक्तानीमा उपयोग गरिने कम्पनीले जनाएको छ ।

सिन्धुपाल्चोकमा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ ।

आयोजनाबाट उत्पादित विद्युत स्वीचयार्डदेखि प्राङग्रेटार गाविससम्म कम्पनी आफैँले २२ किलोमिटर १३२ केभि प्रसारण लाईनको निर्माण गरि नेपाल विद्युत प्राधिकरणको लामोसाघुँ सवस्टेशनमा जोडिनेछ । आयोजनाको विद्युत उत्पादन अनुमति पत्र बि.सं २१०३ साल फागुन ११ गतेसम्म बाहाल रहनेछ ।

नेपाल विद्युत प्राधिकरणसँग आयोजनाबाट उत्पादित विद्युत खरिद बिक्री सम्झौता २०६७ भदौ २२ गते भइसकेको छ । सो सम्झौता ब्यापारिक विद्युत उत्पादन मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधि जुन घटी छ त्यहि अवधिसम्म कायम रहनेछ । 

बिक्री सम्झौता अनुसार बर्षा याममा ४ रुपैयाँ र हिउँदमा ७ रुपैयाँका दरले प्रतिकिलोवाट घण्टामा सम्झौता भएको हो । ब्यापारिक उत्पादन मितिलाई आधार मानेर प्रत्येक आर्थिक वर्षका लागि ३ प्रतिशतका दरले मूल्यवृद्धि गर्ने सहमति छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।