शिवश्री हाइड्रोले दशैं अगाडि नै आईपीओ निष्काशन गर्ने, कस्तो छ कम्पनी?

Sep 25, 2019 11:29 AM Merolagani

शिवश्री हाइड्रोपावरले असोज १६ गतेदेखि सर्वसाधारणमा साढे ३३ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा बिक्री नभएको शेयर समेत थपगरी एक सय रुपैयाँ अंकित दरका ३३ करोड ५१ लाख रुपैयाँ बराबरको ३३ लाख ५१ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो जसमा ३ लाख ३९ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी रहेको ११ लाख ३६ हजार कित्ता शेयर समेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।सर्वसाधारणमा आइपीओ निष्काशनको लागि कम्पनीले असोज १ गते अनुमति पाएको थियो।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले आईपीओमा छिटोमा असोज २४ सम्म आवेदन दिन पाउनेछन् भने सो समयमा सबै आइपीओ बिक्री नभएमा ढिलोमा कात्तिक १५ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ।

आईपीओमा आवेदन गर्न चाहाने लगानीकर्ताले सि -आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर प्रयोग कर्ताले सो सफ्टवेयरबाट पनि आवेदन दिन पाउनेछन् ।

  • यस्ताे छ कम्पनी

शिवश्री हाइड्रोपावरले जारी गर्न लागेको आईपीओमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभुत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।

सिन्धुपाल्चोकमा २२.२ मेगावटको उपर चाकु “ए” जालविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ७३ लाख रुपैयाँ छ।

प्रतिमेगावाट लागत २२ करोड ४५ लाख ९४ हजार रुपैयाँ रहेको आयोजनका कूल लागत ४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ। कम्पनीले प्रकाशित गरेको विवरणपत्र अनुसार आयोजनामा गरिएको साधारण लगानी फिर्ता हुन करिब ९.५९ बर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन २१.९५ वर्ष लाग्नेछ।

साधारण शेयर बिक्रीबाट प्राप्त आम्दानी कम्पनीले सिन्धुपाल्चोकमा निमाणाधिन २२.२ मेगावाट क्षमताको चाकु खोला ए जलविद्युत आयोजनाको निमार्ण सम्पन्न हुन बाँकी संरचना निमार्ण र बैंकबाट लिइएको कर्जा भुक्तानीमा उपयोग गरिने कम्पनीले जनाएको छ।

आयोजनाबाट उत्पादित विद्युत स्वीचयार्डदेखि प्राङग्रेटार गाविससम्म कम्पनी आफैँले २२ किलोमिटर १३२ केभि प्रसारण लाईनको निर्माण गरि नेपाल विद्युत प्राधिकरणको लामोसाघुँ सवस्टेशनमा जोडिनेछ। आयोजनाको विद्युत उत्पादन अनुमति पत्र बि.सं २१०३ साल फागुन ११ गतेसम्म बाहाल रहनेछ।

नेपाल विद्युत प्राधिकरणसँग आयोजनाबाट उत्पादित विद्युत खरीद बिक्री सम्झौता २०६७ भदौ २२ गते भइसकेको छ । सो सम्झौता ब्यापारिक विद्युत उत्पादन मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधि जुन घटी छ त्यहि अवधिसम्म कायम रहनेछ ।

बिक्री सम्झौता अनुसार बर्षा याममा ४ रुपैयाँ र हिउँदमा ७ रुपैयाँका दरले प्रतिकिलोवाट घण्टामा सम्झौता भएको हो। ब्यापारिक उत्पादन मितिलाई आधार मानेर प्रत्येक आर्थिक वर्षका लागि ३ प्रतिशतका दरले मूल्यवृद्धि गर्ने सहमति छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।