ग्लोबल र जनता बैंकको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

Sep 26, 2019 10:04 AM Merolagani



नेपाल राष्ट्र बैंकले एक आपसमा मर्जर प्रकृयामा गएका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाललाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

राष्ट्र बैंक सञ्चालक समितिको असोज २ गतेको बैठकले ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरको सम्झौतालाई सैद्दान्तिक स्वीकृति दिँदै तीन महिनाभित्र एकीकृत कारोबार सुरु गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालले मौद्रिक नीति मार्फत सबै वाणिज्य बैंकहरुलाई प्रोत्साहन मर्जर नीतिमा लैजाने भएकाले जोडी खोज्न निर्देशन दिएको एक साता पश्चात दुई बैंकले गत असार २० गते एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरेका थिए। 

एकीकृत बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकालले नै रहनेछन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम कुँवर क्षेत्री रहने सम्झौता भएको छ । बैंक सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र जनता बैंकबाट दुई जना रहनेछन।

ग्लोबलले जनता बैंकलाई एक सय बराबर ८५ शेयर दिने सहमति प्रारम्भिक सहमति छ भने वास्तविक स्वाप रेसियो भने दुबै बैंकको सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदन पश्चात कायम हुनेछ ।

ग्लोबल बैंकले भदौ १८ गतेदेखि हाथवे फाइनान्सलाई प्राप्ती गरेर एकिकृत कारोबार थालिसकेको छ ।बैंकले फाइनान्सलाई एक सय बराबर ४२ कित्ता शेयर स्वाप रेसियोमा किनेको हो।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।