आशा लघुवित्तले बोलायो साधारण सभा, लाभांश प्रस्ताव र मर्जर मुख्य एजेण्डा

Sep 26, 2019 11:06 AM Merolagani



आशा लघुवित्त वित्तिय संस्था (ALBS) ले लाभांश प्रस्ताव र मर्जर मुख्य एजेण्डा राखेर कम्पनीको तेस्रो वार्षिक साधारणसभा आब्हान गरेको छ । लघुवित्तले कात्तिक ७ गते बिहान १० बजे फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट ककनी नुवाकोटमा साधारण सभा बोलाएको हो । 

साधारण सभामा लघुवित्तले गत वर्षको कमाईबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

हाल २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनस वितरण पश्चात पूँजी २३ करोड २२ लाख रुपैयाँ पुग्नेछ।

त्यस्तै सभाबाट आशा लघुवित्तले अन्य इजाजत प्राप्त घ वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभिन वा प्राप्ती गर्न, समझदारी पत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन दिन तथा मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अधिकार प्रदान गर्ने भएको छ ।

त्यसैगरी साधारणसभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सर्वसाधारण समुहको २ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा समेत रहेको कम्पनीले जनाएको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरणको लागि असोज १५ गतेदेखि साधारणसभासम्म शेयरधनी किताब बन्द गर्ने भएकाले असोज १४ गतेसम्म कम्पनीको शेयर खरिद गरी शेयरधनी कायम भएकाहरुलेमात्र कम्पनीले वितरण गने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन्।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।