दुई इन्स्योरेन्सको करिब ६० लाख कित्ता बोनस नेप्सेमा सूचीकृत

Sep 26, 2019 11:18 AM Merolagani



नेपाल स्टक एक्चेन्ज (नेप्से) मा बुधबार दुई इन्स्योरेन्स कम्पनीको करिब ६० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा र सिद्धार्थ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा वितरण गरेको ५९ लाख ७० हजार १२६ दशमलव ५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्सको ४६ लाख २९ हजार ३१० कित्ता र सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६.५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्सले असार १३ सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले असार १३ गते सम्पन्न साधारण सभाबाट चुक्ता पूँजीको १५.४८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।