सगरमाथा इन्स्योरेन्सद्धारा शेयरधनीलाई बोनसको कर तिर्न आग्रह

Sep 27, 2019 01:28 PM Merolagani

सगरमाथा इन्स्योरेन्स कम्पनी (SIC) ले शेयरधनीलाई अघिल्लो आर्ठिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको बोनसको कर तिर्न आग्रह गरेको छ। कम्पनीले बोनसका लाग्ने लाभकरका लागि नगद लाभांश वितरण नगरेकाले शेयरधनीबाटै बोनसमा लाग्ने कर रकम मागेको हो।

लाभांश पाउन योग्य शेयरधनीले लाभकर वापतको रकम ग्लोबल आइएमई बैंकको खाता नम्बर ०१०१०१०००५२६४ मा जम्मा गर्न सूचना दिएको छ। यसअनुसार कम्पनीले असोज २ गतेसम्म लाभकर बापतको रकम जम्मा गरिसकेका शेयरधनीहरुको बोनस असोज ८ गते उनीहरुकै डिम्याट खातामा जम्मा गरिसकेको जनाएको छ।

अन्यको हकमा प्रत्येक हप्ताको बैंक स्टेटमेन्टका आधारमा अर्को हप्ताको दोस्रो दिनमा बोनस शेयर जम्मा गरिने कम्पनीको भनाई छ। इन्स्योरेन्स कम्पनीले साधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द गरेको अघिल्लो दिन अर्थात २०७६ जेठ ३१ गतेसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सको बोनस पाउनेछन्।

सगरमाथा इन्स्योरेन्स कम्पनीको २०७६ असार १३ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पूँजीको ८६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

हालसम्म पनि भौतिक (कागजी) रहेका शेयर धारण गरेकालाई शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल मार्फत अभौतिकरण गर्न कम्पनीले आग्रह गरेको छ। साधारण सभाका लागि बुकक्लोज गरिएको अवधिमा शेयर रोक्का रहेका शेयरधनीहरुले कर बापतको रकम जम्मा गरी शेयर फुकुवा पत्र बैंकलाइ दिएपछि मात्र बोनस शेयर पाठाइने कम्पनीले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।