चिनियाँ कम्पनीमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

Sep 27, 2019 02:25 PM Agency



अमेरिकाले ईरानसँग कच्चा तेल खरिद गर्ने चिनियाँ कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ । इरानमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयलाई उल्लघंन गरेको भन्दै ५ सरकारी र अन्य ६ वटा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाको प्रतिबन्दका बाबजुद ईरानसँग तेल खरिद गरिरहेका चिनियाँ कम्पनीमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय भएको बताए । चीनसहित सबै मुलुकलाई इरानी प्रतिबन्ध उल्लंघन नगर्न सचेत गराएको पोम्पिओले बताए ।

चीनले भने अमेरिकाको यो निर्णयको विरोध गरेको छ । अहिले चीन र अमेरिकाबीच व्यापारयुद्ध पनि जारी छ । विश्वका सबैभन्दा ठूलो अर्थव्यवस्था रहेको यि दुई देशका बीच जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमा नै प्रभाव पारिरहेको बताइएको छ ।

अमेरिका र ईरानका बीच वार्ता सुरु गराउनका लागि यूरोपले लगातार प्रयास जारी राखेको छ । तर अमेरिका यस मामलामा झन् दबाब बढाइरहेको छ ।

सेप्टेम्बर १४ मा साउदीको तेल उद्योगमा भएको आक्रमणपछि अमेरिकाले इरानमाथि दबाब बढाउँदै आएको छ । यो आक्रमणमा इरानको भूमिका रहेको अमेरिकाले दाबी गर्दै आएको छ । एजेन्सी




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।