ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

Sep 29, 2019 01:38 PM Merolagani

ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनी असोज १२ गते सम्पन्न दोश्रो वार्षिक साधारणसभाले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आगमी आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभामा कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुतिको क्रममा  संचालनमा आएको नौ महिनाको छोटो अवधिमा आकर्षक जीवन बीमा योजना जारी गरेकाे, शाखा विस्तार, तालिम प्राप्त दक्ष अभिकर्ताहरु परिचालन, बीमा शुल्क संकलन, जीवन बीमा कोषको स्थापना, उच्च प्रतिफलयुक्त दिर्घकालीन लगानी लगायतका कार्यहरुबाट मुनाफा आर्जनमा उल्लेख्य सफलता हासिल गरेको जानकारी गराउँदै पहिलो वर्षमा नै कम्पनीको बलियो आधार स्तम्भ तयार भएकोले आगामी दिनमा व्यवसाय वृद्धिमा विशेष ध्यान दिने बताए ।

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा कम्पनीले हालसम्म देशैभर १०३ शाखा/उपशाखा बिस्तार गर्दै एक अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको जानकारी गराए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।