साउदी अरेबियाले भारतमा १ खर्ब डलर लगानी गर्दै

Oct 01, 2019 11:47 AM Agency



साउदी अरेबियाले भारतमा १ खर्ब डलर लगानी गर्ने भएको छ। भारतका लागि साउदी अरेबियाका राजदूत डा. साउद बिन मोहम्मद अल सातीले भारतका साथ दीर्घकालीन साझेदारी गर्नका लागि इच्छुक भएको भन्दै उक्त लगानीको तयारी भइरहेको बताएका हुन्।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक देश साउदीले भारतको पेट्रोकेमिकल, पूर्वाधार, खानीलगायत कयौँ क्षेत्रमा लागनी गर्ने योजना बनाएको बताइएको छ। 

मोहम्मद अल सतीले भने, साउदीको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोले भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडसँग ऊर्जा सम्झौताको प्रस्ताव राखेको छ । दुई देशका बीच उर्जाको क्षेत्रमा सहयोग बढिरहेको छ।

उनले भारतसँग तेलको आपूर्ति, ग्यास तथा खानीजस्ता महत्वपूर्ण क्षेत्रमा लगानी गर्नु अरामकोको विश्व रणनीतिमा शामिल रहेको बताए ।

यसका साथै साउदीले भारतको उर्जा क्षेत्रमा ४४ अर्ब डलर लगानी गर्ने योजना बनाएको उनले बताए।

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले अघि सारेको भिजन २०३० मा भारत र साउदी अरेबियाका बीचको व्यापार वृद्धि हुने उल्लेख छ।

भारतले साउदी अरेबियाबाट १७ प्रतिशत कच्चा तेल र ३२ प्रतिशत खाना पकाउने ग्यास आयात गर्दे आएको छ ।

-एजेन्सी




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।